नागरिकता विधेयक विरुद्ध गौरमा प्रर्दशन


आरके श्रीवास्तव । रौतहट । असार १६ गते
जनता समाजबादी पार्टीको कार्यकर्ताले नागरिक्ता बिध्येक फिर्ता लिन मागगर्दै रौतहटको सदरमुुकाम गौरमा प्रदर्सन गरेका छन ।
मद्धेशी,आदीबासी,जनवजातीलाई लक्षितगरी सरकारले ल्याएको नागरिक्ता नागरिक्ता संसोधन बिरुद्ध जनता समाजबादीले गौरमा प्रदर्सन गरेका हुन ।
गौरका साथै जसपाले मंगलवार देसैभर बिरोध प्रदर्सन गरेको बताएको छ ।

राज्य ब्यवस्था समितिले बहुमतको आधारमा पास गरेको बैबाहिक अंगिकृत नागरिक्ता बिध्येक फिर्तालिन माग गर्दै जसपाका कार्यकर्ता हातमा प्लेकार्ड र ब्यानर सहीग मद्धेशक्रान्ती चौक बाट सुरुभई मंगलवार गौर परिक्रमा गरेको थियो ।
बिदेशी बुहारीले ७ बर्षपछी मात्रै नागरिक्ता दिने ब्यवस्थाले नेपाल भारत बिचको बेटी रोटीको संबन्ध प्रभावित हुने तथा सय प्रावधानले खासगी मधेसमा असर पर्ने भन्दै जनता समाजबादी द्धारा आयोजित कार्यक्रममा बिरोध गरेका थिए ।
कार्यक्रममा जसपाका प्रदेश सांसद रामकिसोर यादव,गौर नगर प्रमुख अजय गुप्ता,जिल्ला समन्वय समितिका उपसभापती रामबशिष्ट यादव,रेवन्त झा,कन्थमणी जयसवाल, उपमेयर किरण ठाकुर,देवाही गोनाही का मेयर धर्मेन्द्र पटेल सहीत सैयौं मानिसको सहभागिता रहेको थियो ।