२८ लाख नेपाली रुपैया सहीत एक युवक पक्राउ

रौतहट । भदौ ११ गते
रौतहट दक्षिणी भेग भारतिय सिमाना संगै जोडिएको ईशनाथ नगरपालिका क्षेत्र बाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरिएको हो ।२८ लाख नेपाली रुपैया सहीत एकजना युवकलाई पक्राउ गरिएको जनाईएको हो ।सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप कुमार साहलाई २८ लाख ५१ हजार ९ सय ६० रुपैया सहीत पक्राउ गरेको सशस्त्रका एसपी सुुर्यबहादुर सेन ओलीले जानकारी दिएका छन ।बिआर ३० एन ९५८० नम्बरको मोटरसाईकलमा भारतिय क्षेत्र बाट प्रवेशगर्दा गस्तीटोलीलाई शंकालागेर ईशनाथ ९ लवतना गाँउ नजिक बिहीबार बिहान सवा ७ बजे चेकजाँच गर्दा उक्त रकम बरामद भएको एसपी ओलीले जानकारी दिएका छन ।बरामद रकम समेत दिलिप कुमार साहलाई जिल्ला भन्सार कार्यालय गौरमा बुुझाउने तयारी भईरहेको एसपी ओलीले जानकारी दिएका छन ।