पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

रौतहट,४ भदौ । बृन्दावनमा रहेको एक नियम बिपरित संचालित क्रसर उद्योग संचालकले पत्रकार यादव माथी हातपात गरेका छन ।
बृन्दावन नगरपालिका १ मा रहेको शिबम क्रसर उद्योगको समाचार संकलनका लागि गएका हिमालय टिभीका रौतहट समाचारदाता राकेश यादव माथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरा समेत फुटाएका छन ।
पत्रकार यादव माथि हातपात गर्ने क्रसरका कर्मचारी राजदेव ठाकुर ,महेश चौधरी र राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ ।
अबैध रुपमा संचालित शिबम क्रसर उद्योगका कर्मचारी माथि कडा कार्वाही हुनु पर्ने नेपाल पत्रकार महासघ रौतहटका सचिव मदन ठाकुरले बिज्ञप्ती मार्फत जनाएका छन।
बागमती खोला किनारामा अबैध रूपमा क्रसर संचालन भएको बिषयमा पत्रकार यादव समाचार संकलनका लागि सो स्थानमा पुगेका थिए ।
यसै घटनाको देषि लाई कार्वाही र पत्रकार यादवलाई क्षेतिपुर्तीको माग गर्दै रौतहट शाखाले बिज्ञप्ती जारी गरेको छ ।
रौतहट शाखाका अध्ययक्ष प्रेमचन्द्र झाले बृन्दावन नगरपालिकामा संचालित शिवम् क्रशर उद्योगको रिपोर्टिङ गर्ने क्रममा नेपाल पत्रकार महासंघ रौतहट का जिल्ला कार्य समिति सदस्य राकेश यादव माथि क्रसर संचालकले गरेको कुटपिट तथा दुर्व्यवहार गरेको र क्यामरामा पनि क्षति पुर्याएको घटना प्रति गम्भिर आपत्ति जनाएका छन ।
पत्रकार कुट्नेलाई हदैसम्मको कारबाही गर्न स्थानीय प्रशासन संग अध्यक्ष झाले माग गरेका छन ।सभार कलम पाटी