बौधीमाई नपा ४ का पटेल मोटरसाइकल दुर्घटनामा परी मृत्युु

आरएन पटेल
रौतहट । भदौ ११ गते
बाराको बरियारपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ ।आज बिहान ९ बजेको समयमा महागढीमाई नगरपालिका– २ भूूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ गइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई ठोकीदा चालक रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा न.४ इनरवारी निवासी एवम श्री अन्होती लाल माबि बसन्तपटिका प्रधनाअध्यापक तथा नेकपा प्रद्श २ कमिट सदस्य जयचन्द्र पटेलका एक मात्र छोरा अन्दाजी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भएको छ । मा्टरसाईकल दुर्घटना भई गम्भीर घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्युु भएको प्रहरीले बताएको छ । मोटरसाइकल प्रहरी चौकी बरियापुरमा राखिएको छ ।बाराका प्रहरीका प्रवक्ता मिश्रले जानकारी दिनु भयो। साथै मृतक प्रति नेकपा प्रदेश २ का प्रदेश कमिटि सदस्य त्रिभुवन साह श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनमा गहिरो सम्वेदना प्रकट गर्नु भएको छ ।