जनमत पार्टीको आज सीटी जुलुस र भोली भैंसी जुलुस प्रदर्शन

आरके श्रीवास्तव । रौतहट । आषाढ १७ गते
आज जनमत पार्टीले रौतहट जिल्लाको मध्य भाग गरुडा बजारमा विशाल सिटी जुलुस प्रदर्शन गरेको छ । अंगिकृत नागरिकता संसोधन विधेयकको विरोधमा जनमत पार्टी विगत एगारह दिन देखि केन्द्रीय स्तर वाट घोषित आन्दोलनको विभिन्न कार्यक्रम अनुसार जनमत पार्टी रौतहटले आज सिटी जुलुस प्रदर्शन गरेको छ । जनमत पार्टीका केन्द्रीय नेताहरु बिरेन्द्र साह, ललित मल्लिक शानू, अशोक कुमार सिंह जिल्ला सचिव बिकास यादव, महिला नेतृहरु रागिनी पाण्डे, अनिता देवी साह जिल्ला नेताहरु रामलाल यादव, संतोष यादव, श्याम यादव, राजकुमार साह लगायतका सैकडौं नेता कार्यकर्ता सहभागी उक्त जलुस गरुडा बजार परिक्रमा गर्दै मेथुर चौधरी चोकमा कोणसभामा परिणत भएको थियो ।
भोलि जनमत पार्टीले मधेश भरी नै भैंसी जुलुस प्रदर्शन गर्ने छ ।