रौतहटको गरुडामा कांग्रेसद्धारा प्रदर्शन

आरके श्रीवास्तव । रौतहट १७ असार ।
नेपाली कांग्रेसले नागरिक्ता बिध्येक फिर्ता लिन मागगर्दै रौतहटको मध्यभाग गरुडा बजारमा प्रदर्शन गरेका छन ।
मधेशी,आदीबासी,जनजातीलाई लक्षितगरी सरकारले ल्याएको नागरिक्ता संसोधन बिरुद्ध कांग्रेस कार्यकर्ताले गरुडामा प्रदर्शन गरेका हुन ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिद्धारा आयोजित बिरोध रैलीमा
राज्य ब्यवस्था समितिले बहुमतको आधारमा पास गरेको बैबाहिक अंगिकृत नागरिक्ता बिध्येक फिर्तालिन माग गर्दै कार्यकताहर्रु हातमा प्लेकार्ड र ब्यानर सहीत गरुडाबजार परिक्रमा गरेको थियो ।
बिदेशी बुहारीले ७ बर्षपछी मात्रै नागरिक्ता दिने ब्यवस्थाले नेपाल भारत बिचको बेटी रोटीको संबन्ध प्रभावित हुने तथा सय प्रावधानले खासगरी मधेसमा असर पर्ने भन्दै उक्त बिध्येकको बिरोध गरेका थिए ।
कार्यक्रममा कांग्रेसका जिल्ला सभापती कृष्णा यादव,बृन्दाबन नगर प्रमुख रामस्नेही यादव,रामभरोसी यादव,गरुडा नगर उपप्रमुख रंगिला देवी जयसवाल, सर्फलाल गुप्ता,नितेष गुप्ता लगायतले कम्युनिष्ट सरकारले देश र जनताको पक्षमा केही गर्नुको साटो पटक पटक बिभिन्न बिध्ययेक ल्याएर नेपाली जनतालाई दुख दिने काम गरीरहेको गुनासो गरेका थिए । बिरोध कार्यक्रममा सैयौं मानिसको सहभागिता रहेको थियो ।