अध्यक्ष जेलपछि गाउँपालिकाको जिम्मेवारी उपाध्यक्ष सम्हाले

बारा, पुस ९ गते । बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल भेडिहर सवारी ज्यान मुद्दामा जेल चलान भएपछि अध्यक्षको जिम्मेवारी आजबाट उपाध्यक्ष सुमित्रा देवी साह तेलीले सम्हाल्नु भएको छ । कार्यवाहक अध्यक्ष तेलीलाई गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले स्वागत गरेका थिए । कार्यभार सम्हालेसँगै अध्यक्ष सुमित्रा देवी साह तेलीले कठ्यांग्रिदो जाडो र शितलहरबाट बिश्रामपुर गाउँपालिकाका दलित तथा विपन्न परिवार प्रभावित भएको हुँदा उनीहरुलाई राहतका लागि आजैबाटै ठोस कार्यक्रम अगाडी बढाईने बताउनुभयो । अध्यक्ष साहले गाउँपालिकाका विभिन्न चोकचोक आगो बाल्न र प्रत्येक वडामा वडा अध्यक्षको निगरानीमा गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गर्न दैवी विपत्तिका लागि छुट्यार्ईएको बजेटबाट आवश्यक कम्बल खरिद गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।