विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

रौतहट, २६ भदौं– लागु औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट कसुरदार ठहरिएका एक जना फरार अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयन गराउन फरार अभियुक्त रौतहट यमुनामाई गाउपालिका वडा नम्बर ४ सरुअठा बस्ने ४० वर्षिय नरेश साह भन्ने रामनरेश साहलाई घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिनु भयो ।
यसैगरी ज्यान सम्बन्धी कसुर तथा सांगठनिक अपराधमा संलग्न फरार अभियुक्त रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर १ करुनिया बस्ने शेख बिकाउ भन्ने महम्मद कासिमलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेको हो ।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया चोक स्थित रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षिय श्रीराम साहको हत्यामा संलग्न बिकाउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिकाउ समेतले लागु औषध कारोवार विवादकै कारण मठका पुजारी साहलाई २०७७ भदौं ३ गते राती गोली हानी हत्या गरेका थिए ।