राष्ट्र बैंकले बैंकहरुलाई दिन थाल्यो नयाँ नोट,भदौ २९ गतेबाट पाउने सर्वसाधारणले

अगम कुमार उपाध्याय,
राष्ट्र बैंकले वडा दशैंको लागि नयाँ नोट बैंक तथा वित्तीय संस्थालाई दिन थालेको छ। राष्ट्र बैंकले बुधबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालेको हो।
राष्ट्र बैंकका अनुसार बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थालाई झन्डै २२ करोड रुपैयाँ नयाँ नोट दिईएको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकलाई १० करोड, विकास बैंकलाई ५ करोड र फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँको नयाँ नोट वितरण गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले यी संस्थालाई बढीमा २ पटकसम्म नयाँ नोट वितरण गर्ने बताइएको छ ।
राष्ट्र बैंकले बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्नेछन् । सर्वसाधारणहरुले यही आगामी भदौ २९ गतेबाट नयाँ नोट साट्न पाउनेछन्।