जंगली हातीले बस्तीमा आतंक मचाएपछि स्थानीय त्रसित

रौतहट, २७ भदौ– जंगली हातीले बस्तीमा प्रवेश गरेर घर भत्काउन थालेपछि रौतहटको एक सुकुम्वासी वस्ती विस्थापित भएको छ । सोमवार बिहान वस्ती छिरेको दुई वटा जंगली हातीले आतंक मचाएपछि रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित लमहाका वासिन्दाहरु विस्थापित भएका हुन । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत जिल्ला वन कार्यालयको लमहा घाटगस्ती स्थित जंगलमै टहरा बनाएर बस्दै आएका विपन्नहरुको हाती आतंकले उठीवास भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । जंगली हातीको समुहले १२ घरपरिवार बसोवास रहेको लमहा वस्तीका ५ वटा घरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । सुकुमवासी परिवारलाई ओत लाग्ने घर हातीले तोडफोड गरी क्षतिग्रस्त बनाएपछि पीडित परिवार चन्द्रनिगाहपुर स्थित आफन्तको घरमा शरण लिन वाध्य भएका छन । जंगली हातीको समुहले बस्तीका घरमा भौतिक क्षति पु¥याएपनि मानविय क्षति पु¥याउन नसकेको स्थानीयले बताएका छन । बस्तीमा हाती प्रवेश गरेको देखेर स्थानी वासिन्दाहरु भागेर आफ्नो ज्यान जोगाएको प्रहरीले जनाएको छ । हात्तिको समुहले स्थानीय राम पहरी, लक्ष्मण पहरी, फुलमाया मगर, अर्जुन पहरी र धनमाया पहरीको घर भत्काएको स्थानिय सरोज पहरीले जानकारी दिनु भयो । हातीको समुहले स्थानीय एक किराना पसलमा समेत क्षति पु¥याएको र किराना सामाग्री नष्ट गरेको पीडित पहरीले जानकारी दिनु …