कोभ्याक्सको २२ लाख डोज खोप यही महिना नेपाल आउने

काठमाडौं, माघ २२

नेपालले फ्रेबुअरीमा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो ।

नेपालले उक्त खोपलाई आपतकालिन प्रयोगमा ल्याएको एक सातापछि डब्लुएचओले दिने घोषणा गरेको छ । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लुएचओको प्रक्षेपणमा उल्लेख छ ।

नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३.३ प्रतिशत १० लाख लाई पुग्ने जनाइएको छ ।साभार जनता टाइम्स