कांग्रेसका महाधिवेशन प्रतिनिधि एमालेमा प्रवेश कांग्रेसले पैसावाललाई टिकट दिंदा धेरै नेता राजीनामाको तयारीमा

रौतहट स्थित नेपाली कांग्रेस जिल्ला सभापति सुनिल यादव र प्रदेश सभापति कृष्ण यादवले पैसावाल खोजीखोजी टिकट बितरण गरिरहेको भन्दै एकजना महाधिवेशन प्रतिनिधिले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन भने कैयौं नेता पार्टी छोड्ने तयारीमा जुटेका छन ।

नेपाली कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि एकरामुल हक सहितका कार्यकर्ताहरु पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन ।गुजारा नगरपालिकाका मेयर प्रत्यासी स्व.शेख दाउदका छोरा एकरामुल हक र कांग्रेसका क्षेत्रीय प्रतिनिधि झमक प्रसाद चौलागाईंले पार्टी पारित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।

कटहरिया स्थित तराई मधेस सहिद स्मृति प्रतिस्ठानको सभाकक्षमा एक कार्यक्रमका बीच नेकपा एमाले केन्द्रिय सदस्य तथा रौतहट सहईन्चार्ज कुन्दन कुश्वाहाले नवप्रवेशी लाई टीका र माला लगाएर स्वागत गरेका थिए ।

कांग्रेस जिल्ला सभापति सुनिल यादव जितेन्द्रले पार्टी बिधान बिपरित विभिन्न प्रभावमा परेर टिकट बितरणमा काखापाखा गरिरहेकाले आफुहरुले कांग्रेस छोडेर एमाले प्रवेश गरेको एकरामुल हकले प्रतिक्रिया दिएका छन ।

उक्त अवसरमा एमाले प्रदेश उपसचिव आरती भण्डारी ,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,नगर प्रवक्ता चन्दन कुश्वाहा लगायतको सहभागिता थियो ।रौतहट क्षेत्र नम्बर ४ को टिकट वितरणमा ब्यापक असन्तुष्टि चुलिएको छ ।

क्षेत्रीय सभापति राम स्नेही राय यादवले क्षेत्रको अधिकार मिचेर प्रदेश र जिल्लाले मनलाग्दी रूपमा टिकट वितरण गरेको भन्दै नेपाली कांग्रेस परित्याग गर्ने तयारी गरेका छन् ।

वृन्दावन नगर प्रमुख समेत रहेका यादवले प्रदेश सभापति कृष्णा यादव र जिल्ला सभापति जितेन्द्र यादवले क्षेत्रको अधिकार हनन गरेर पैसाको बलमा टिकट वितरण भएको आरोप लगाउँदै जुन पार्टीमा विधान विपरीत काम हुन्छ, एकलौटी निर्णय हुन्छ त्यस्तो पार्टीमा बस्नुको औचित्य नरहेको बताए ।

वडाको टिकट वितरणमा समेत क्षेत्रको निर्णय विपरीत आफूखुसी वितरण भएको भन्दै चन्द्रपुर र वृन्दावनका कांग्रेस कार्यकर्ता जिल्ला र प्रदेश सभापति सँग रुष्ट बनेका छन् । वडाको टिकट वितरणमा क्षेत्रको अधिकार रहेको भएपनी जिल्ला र प्रदेशले कांग्रेसको विधान विपरीत टिकट बाडेको भन्दै पार्टी परित्याग गर्ने मनस्थितिमा आफू पुगेको बताए ।