जेहेन्दार छात्रालाई मेगा बैंकको साथ

हेटौंडा– मेगा बैंक हेटौंडा शाखाले एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका राईलाई कक्षा १० सम्म पढ्न बैंकले सहयोग गर्ने भएको हो ।

मेगा बैंक हेटौंडाकी प्रबन्धक माधबी बोसले मंगलबार राईलाई ब्याग, शैक्षिक सामग्री र नगद ८ हजार रुपैंया प्रदान गरेको बिद्यालयकी शिक्षिका रश्मी बस्नेतले बताईन् । छात्रा राईलाई हरेक बर्ष ब्याग, शैक्षिक सामग्री र नगद ८ हजार रुपैंया प्रदान गरिने प्रबन्धक बोसले बताईन् । बिद्यालयस्तरीय परिक्षा (एसईई)मा जिल्ला प्रथम हुँदै आएको बिद्यालयमा हाल करिब २ हजार बिद्यार्थी अध्ययनरत छन् ।