प्रेस चौतारी रौतहट शाखाको बैठक समपन्न भएको छ । जिल्लाको मौलापुर नगरपालिका स्थित रहेको पिकनिक पार्कमा चौतारीको बैठक बसेको थियो ।
रौतहट जिल्ला अध्यक्ष उतम कुमार उपाध्यायको अध्यक्षतामा बैठक बसेको थियो ।बैठकमा बैशाख ३० गते आसन्न स्थानिय तहको निर्वाचनमा चौतारीमा आबद्ध पत्रकारहरुको भूमिका सहितको विषयवस्तुहरुमा छलफल गरिएको थियो ।
शनिवार भएको कार्यक्रममा अन्य संगठनमा आबद्ध पत्रकारहरुले चौतारी लाइ रोजेका थिए । चौतारीलाइ रोज्नेहरुमा प्रदिप दास,रन्धिर साह,रामानन्द साह सहितका पत्रकारहरु रहेका छन् ।
वहाँहरु लाइ चौतारीका केन्द्रिय सदस्य पत्रकार संजय मिश्र र जिल्ला अध्यक्ष उतम कुमार उपाध्यायले टिका लगाइ गमछा ओढाएर चौतारीमा स्वागत गर्नु भएको थियो ।
सो अवसरमा चौतारीका केन्द्रिय सदस्य मिश्र,पत्रकार शैलेन्द्र झा सहित चौतारीमा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको सचिव मुकेश कुमार साहले जानकारी गराउनु भयो ।