उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यादवको राजीनामा
काठमाण्डौ, ९ पुस । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजीनामा दिनु भएको छ । सोमबारको मन्त्रिपरिषद्मा आफूले पेश गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेपछि आज दिउँसो यादवले राजीनामा दिनु भएको हो । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले २०७५ जेठ १४ गते संविधान संशोधनलगायत माग र मुद्दामा सम्बोधन गर्ने शर्तसहित सरकारका सहभागी भएको र शर्त पूरा नभएपछि राजीनामा दिएको उल्लेख गरेका गर्नु भएको छ । ‘मिति २०७६ पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न प्रस्ताव उपप्रधानमन्त्री एवम् काकुन, न्याय, तथा संसदीय मामिलामन्त्रीको हैसियतामा आफूले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरी दुई बुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसी रहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुनेगरी उपप्रधान एवम् कानुन, न्यय तथा संसदीय मामिलामन्त्री पदबाट राजिनामा दिएको यादव द्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।