अबैध रक्सीभठीमा प्रहरीको छापा,मदिरा नष्ट, सञ्चालक फरार


आरके श्रीवास्तव । रौतहट । अषाढ १ गते
जिल्ला प्रहरी कार्यालय रौतहटको सादा पोषाकका गस्तीटोलीले राजपुर नगरपालिका स्थित रहेको एउटा रक्सीभठीमा
छापा मारेको छ ।
लकडाउनको मौका छोपेर स्थानिय राहुल प्रसाद यादवको छोरा साहेव प्रसाद यादवले गाँउदेखी टाढा आँपको बगैचामा छाप्रो बनाई सञ्चालन गर्दैआएको रक्सीभठीमा प्रहरीले छापामारी गरेको छ ।
छापामारीको क्रममा मदिरा बनाउन राखिएको ३ हजार लिटरकच्च पदार्थ नष्ट गर्नुका साथै बिभिन्न भाँडाकुडा र उत्पादन गर्ने मेसिन १ थान बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन । भठी सञ्चालक साहेब यादव भने फरार रहेका छन ।