आवधिक निर्वाचन लोकतन्त्रको गहना हो :- डा . तुलाधरमाघ

३ गते,प्रेमचन्द्र झा राैतहट ।निर्वाचन आयोग नेपालका आयुक्त डा . जानकी तुलाधरले आवधिक निर्वाचन लोकतन्त्रको गहना रहेको कुरा बताउनु भएकोछ । निर्वाचन आयोगले मंसिर ४ गते भएको निर्वाचनको मतदान अधिकृतसंग गाैरमा गरेको समीक्षा कार्यक्रमको उदधाटन सत्रलाई सम्बोधन गर्नु हुदै समयमा निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो । आयुक्त तुलाधरले निर्वाचनका प्रकृया सञ्चालन गर्न कठिनाई रहेकाे बताए।निर्वाचन आचार संहिता उलंघन गर्ने उपर दण्डात्मक कार्वाही गरिए स्मरण गर्दै वहांले सो क्रममा ठुलो नेतासंग जरिवाना तिर्न लगाईएको बताए। आयोगले जनता समक्ष सुचना पुर्याउन धेरै प्रयास गरेको दावी गर्दै समाजिक संजालको नेटवर्क संग नजिक भएर अनुगमन गरिरहेका थियौं । राैतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा राैतहट जिल्लाका तत्कालीन मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले राैतहटमा निर्वाचनमा केही गडबडी हुन्छ भने कुरामा देशकै ध्यानाआकृष्ट भई रहेको अवस्थामा एक चरणमा शान्तिपुर्ण निवाचन गराउन सुरक्षाकर्मी सहित कर्मचारीलाई धन्यवाद दिनु भयो ।पछिल्लो निर्वाचन शान्तीपुर्ण सम्मपन्न गरेर राैतहटले नयाँ रेकर्ड बनाएकोमा अब कायम राख्नु पर्नेमा वहाँले जाेड दिनु भयाे ।निर्वाचन आयोगका सह सचिब तुलसी बहादुर श्रेष्ठले मंसिर ४ को निर्वाचन परिणाम तथा आयोगले गरेका सम्पुर्ण प्रक्रिया समेटेर तयार पारिएको जानकारी मुलक प्रस्तुति प्रस्तुत गरे । सो समिक्षामा जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरिक्षक विरबहादुर बुढामगर ,सशस्त्र प्रहरी उपरीक्षक ध्रुव वहादुर कार्की ,राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन कुमार झा, जिल्ला निर्वाचन कार्यालय का प्रमुख छोटेलाल दास, नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा सहितका सहभागीता थियाे । साे समीक्षा कार्यक्रममा मंसिर ४ गते भएको निर्वाचनका करिव ५० जना मतदान अधिकृतकाे सहभागीता रहेकाे थियाे ।