चुरियामाई नजिकबाट बस खोलामा खस्यो, एकको मृत्यु ३१ घाइते

हेटौंडा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुरको सीमा क्षेत्र चुरियामाई मन्दिर नजिक बस दूर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

नारायणगढबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नम्बरको बस बिहान करिब ८ बजेको समयमा ओरालोमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई खोलामा खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये १८ जनाको हेटौंडा अस्पतालमा र १३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइतेको नाम उपलब्ध नभइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।