गठबन्धनलाई भारी मतले पराजित गर्दै प्यूठानको सरुमारानी-६ मा एमालेको प्यानल नै विजयी

प्यूठान, बैशाख ३१ । प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेका तिलबहादुर बुढामगरमको प्यानल भारीमतान्तरमा विजयी भएको छ ।
मगर ६ सय ९५ र उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोमबहादुर पुनले ४ सय ४३ मत पाउनुभएको छ ।
यसैगरी सदस्यमा यनुका बिक, यनुका राहुँ, नम बहादुर उलुङे र खड्क बहादुर महरा विजयी हुनुभएको छ । यहाँ एमालेविरुद्ध सवै दलमिलेका थिए ।साभार जनता टाइम