हुण्डी कारोवार गर्ने 2 जना पक्राउ
पर्सा, २९ कातिक । पर्सा प्रहरीले साढे सात लाख रुपैया सहित दुइ जनालाई शुक्रवार पक्राउ गरेको छ । अवैध वित्तिय हुण्डी कारोवारी भइरहेको विशेष सुचना आएपछि पर्सा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थितको सडकमा आज करिब १ः३० बजे रक्सौलबाट बीरगंज तर्फ आउँदै गरेको BR05AB 6302 नम्बरको भारतीय मोटरसाईकलमा सवार मोतिहारी पुर्वि चम्पारण जिल्ला रक्सौल थाना मौजे बस्ने अरुण कुमारको २० वर्षे छोरा सोनु कुमार सोही ठाउँ बस्ने अजय कुमारको २० बर्षे छोरा अंकित कुमारको साथबाट श्रोत खुल्न नसकेको ७ लाख ४९ हजार ५०० सय नेपाली रकम वरामद भएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जना तथा उहाँको साथबाट बरामद भएको रकम सहित पर्सा जिल्ला अदालतमा आजै बैंक तथा वित्तीय कारोवार सम्बन्धि ऐन अन्तर्गत हुण्डी मुद्दा दर्ता गरी म्याद थप गरि आवश्यक प्रकृया अगाडी बढाउदै अनुसन्धान कार्य शुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।