छोकडा पक्राउगर्दा झड्प दुई सशस्त्र प्रहरी घाईते, १० राउण्ड हवाई फायर

बारा, ३० कातिक । बाराको सिम्रौनगढ नगरपालिका–७ सतुआही नाकामा शुक्रवार राती ११ बजे छोकडा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीय बीच झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो । अवैध रुपमा भारततर्फ लैजादै गरेको छोकडा बरामद गर्ने क्रममा भएको झडपमा दुई जना सशस्त्र प्रहरी जवान घाईते भएका छन् । घाईते हुनेमा सशस्त्र प्रहरी जवान द्धय अमोद कुमार यादव र श्याम चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । सशस्त्र प्रहरीले बरामद गरेको छोकडा पर्सा टोलका स्थानीयबासीले खोसेर लैजानुका साथै सशस्त्र प्रहरीको टोली माथी आक्रमण गरेपछि हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बेस कैम्प पिपरपाटीको ४ जना सशस्त्र प्रहरी नाकामा ड्यूटीमा रहेका बेला गएराती ११ बजे ३०÷३५ जना मोटरसाईकलमा आएका छोकड तस्करहरुको समुहले स्थानीयहरुको सहयोगमा छोकडा खोसेर लगेको सशस्त्र प्रहरीले जनाएको छ ।