युवा विकास समाज नेपालको आयोजनमा सोनरनियामा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट । भदौ २९ गते
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा आज सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मौलापुर नगरपालिका को आर्थिक सहयोग र युवा विकास समाज नेपालको आयोजनमा सोनरनिया गाउँमा रक्तदान गरिएको थियो । रेडक्रस सोसाइटि रौतहट शाखाको सहकार्यमा सो कार्यक्रम भएको थियो । स्थानिय गुडु भगत,प्रमोद राम सहित १४ जनाले सो रक्तदान कार्यक्रममा रक्तदान गरेको समाजका अध्यक्ष चन्दनलाल कर्णले जानकारी गराएका हुन् । कोरोना महामारी एवं लकडाउन निषेधज्ञाले गर्दा अस्पतालमा रगतको कमी देखिएकोले सहयोग पुर्याउने उदेश्यले यो रक्तदान कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम चन्दन लाल कर्णको अध्यक्षयता एवं मौलापुर नगरप्रमुख रीना कुमारी साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको रेडक्रसकर्मी धर्मेन्द्र सिंहले जानकारी गराउनु भएको हो ।