राष्ट्रिय बाल दिवसको अवसरमा गुजरामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न


रौहतट । भदौ २९ गते
राष्ट्रिय बाल दिवस आज देशभर सहित रौतहटमा पनि मनाइएको छ । जिल्लाको गुजरा नगरपालिकाको कार्यालय सिमरा भवानीपुरमा पनि आज एक विशेष कार्यक्रम गरी बाल दिवस मनाइएको छ ।
प्रत्येक वर्ष भदौ २९ गते बालबालिकाहरु उत्सवको रुपमा यो दिवस मनाउँदै आएका छन । गुजरा नगरपालिकाको कार्यालय सिमरा भवानीपुरमा आज उक्त दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
गुजरा नगरपालिका अन्तर्गतका समाजिक विकास समिति र महिला तथा बालबालिका शाखा कार्यालय सिमरा भवानीपुरको संयुक्त आयोजनामा समाजिक दुरी कायम राख्दै उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा अबदुल सलम सहितका विद्यार्थीहरुले बालबालिकाको हक अधिकार सुनिश्चत गर्नको लागि नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नन्देशवर चौधरीलाइ ध्यानाकर्षण गराएका थिए ।
केहि जनप्रतिनिधिकै संरक्षणमा गाउँ घरमा खुल्म खुल्ला रुपमा बाल विवाह, बालश्रम जस्ता घटना भइरहेको भन्दै बालविवाह र बालश्रम जस्ता घटनालाई अविलम्ब रोक्न विद्यार्थीहरुले नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत चौधरीलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख हाकिम चौधरीले जनचेतनाको अभावमा बाल विवाह अझै भइरहेको कुरा स्वीकार गर्दै अगामी दिनमा यसलाई नियन्त्रण गर्न नगरपालिकाको तर्फबाट आफु हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाएका छन । साथै उनले बालबालिका माथी भइरहेको सबै प्रकारको विभेद अन्त्य गरी उनिहरुको हक अधिकार सुनिश्चत गर्न आफु कुनै कसर बाँकी नराख्ने समेत प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा नगरपालिकाका शिक्षा संयोजक, सह संयोजक, आयोजक संस्था समाजिक विकास समिति र महिला तथा बालबालिका शाखा कार्यालयका सभापति र जनप्रतिनिधिहरु आ आफना मन्तव्य राखेका थिए भने त्यस क्रममा बालबालिका, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।