काठमाडौं, कात्तिक ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि बिभाजन गर्ने षडयन्त्रसहित भित्री खेल अघि बढाइएको पाइएको छ । कर्णाली प्रदेशमा चलिरहेको बिवादलाई लिएर पार्टी नै बिभाजनसम्म लैजान सकिन्छ भन्दै केही युवा नेताहरुले यस्तो ग्य्राण्डडिजाइन बनाएको पाइएको हो ।
झण्डै ६ महिना लामो बिवादपछि बिभाजनको संघारमै पुगेर जोगिएको नेकपाभित्रको बिवाद समाधान भएपछि आफ्नो जिविकोपार्जन गर्ने मेलो हराउने भन्दै नेकपाभित्रका केही युवा नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालबीच द्वन्द्ध बढाएर बिभाजनसम्म पुर्याउने योजनाका साथ सुनियोजित रुपमा अभियान चालेका हुन । ती नेताका अनुसार नेकपाभित्र बिवाद मिलेपछि पार्टीमा आफ्नो कुनै हैसियत नहुने र बिदेसी एजेन्सीबाट समेत कुनै आर्थिक लाभ नपुग्ने देखेर तिनैको योजनामा नेकपाभित्र अहिले पुनः बिभाजनको रेखा कोर्ने काम भइरहेको छ । यो काममा झण्डै आधा दर्जन नेकपाका युवा नेता, जो कहिल्यै भुगोलको काममा सहभागी भएनन, तिनीहरु सक्रिय भएका हुन ।
नेकपाभित्र बिवाद बढाएर बिभाजनसम्म पुर्याउनका लागि उनीहरुले कर्णाली प्रदेशबाट यो योजना अघि बढाएको नेकपाका एक नेताले जनताटाइम्सलाई बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यशैली र संसदीय दलभित्र बिगत डेढ बर्षदेखि चुलिएको असन्तुष्टिलाई आधार बनाएर आफ्नै योजनामा मुख्यमन्त्रीबिरुद्ध संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता गराएन लगाई उनीहरुले अभियान चालेको र अहिले काठमाडौंमा तीन नेताबीच द्वन्द्ध बढाएर उनीहरुले काम अघि बढाएका हुन । यो कामको नेतृत्व जाजरकोटका युवा नेता निरज आचार्यले गर्नुभएको छ ।
स्रोतका अनुसार आचार्य आफैले सांसद चन्दबहादुर शाहीको कोठामा पुगेर हस्ताक्षर अभियान अघि बढाउनु भएको थियो । मुख्यमन्त्री शाहीको कार्यशैलीप्रति नेकपा कर्णालीका सहइञ्चार्ज यमलाल कँडेल सुरुदेखि नै असन्तुष्ट रहनुभएको र पूर्वएमालेमाथि ठुलै अत्याचार गरेको भन्दै आचार्यले शाहीलाई जसरी पनि हटाउनु पर्ने भन्दै अबिश्वास प्रस्तावका लागि हस्ताक्षर गराउनु भएको एक नेताले बताए । ती नेताका अनुसार शाहीको कोठामा कँडेल, शाहीसहित कुर्मराज शाही र करबीर शाहीले हस्ताक्षर गरी मुख्यमन्त्रीबिरुद्धको अभियान अघि बढाउँदै १८ जनाको हस्ताक्षर जुटाएर प्रस्ताव दर्ता गरिएको थियो ।
हस्ताक्षर गराएर काठमाडौं फर्कनुभएका आचार्य प्रस्ताव दर्तालगत्तै अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको दुत बनेर सुर्खेत पुग्नुभएको थियो । उहाँको योजना भिडाएर कर्णालीबाटै नेकपामा बिभाजन अभियान चलाउने रहेको आचार्य समुहमै आवद्ध एक नेताले जनताटाइम्सलाई बताए । आचार्य बरिष्ठ नेता नेपाल निकट रहेपनि अधिकांश सूचना अध्यक्ष प्रचण्डलाई पुर्याउने सूचीमा पर्नुहुनन्छ । उहाँको पछिल्लो अभियान अध्यक्ष ओली र नेपालबीच फाटो ल्याउने, दुई अध्यक्षबीच पनि फाटो ल्याउने रहेको छ ।
ती नेताका अनुसार आचार्यले नै प्रचण्डको दुत बनेर सुर्खेत पुगेपछि हस्ताक्षर अभियानलाई लिएर कतै हस्ताक्षर नगरे पनि ‘प्रचण्ड र माधवको निर्देशन भन्दै प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गर्न’ पूर्वमाओवादीतर्फका नेकपाका एक केन्द्रीय सदस्यलाई भनेका थिए । सोही कारण शाहीले शाहलाई हटाउनु भएको थियो । दुई अध्यक्षबीच कर्णालीको बिषयमा भएको सहमतिलाई भाँडन पनि आचार्य नेतृत्वको यही समुह लागेको छ । नेकपाका चर्चित युवा नेता आचार्यको बिगत जहाँ जिम्मा पायो, त्यँही बिनाश गराउने छवि रहेको उहाँकै सकमक्षीहरु बताउँछन । सभार जनता टाईम्स