नेता जयसवालद्वारा इनर्वामा दुर्गा पूजाको अवसरमा शुभकामना आदानप्रदान तथा उदघाटन कार्यक्रम समपन्न

रौतहट । कार्तिक ७ गते

बौद्धिमाईको इनर्वामा दुर्गा पूजाको अवसरमा शुभकामना आदानप्रदान तथा उदघाटन कार्यक्रम समपन्न भएको छ। रौतहटको बौद्धिमाई नगरपालिका वडा नं. २ इनर्वामा भइरहेको दुर्गापूजाको अवसरमा बौद्धिमाई नपा ९ का नेपाली कांग्रेसका युवा एवं प्रभावशाली नेता राजनबाबू जयसवालले एक कार्यक्रम बिच आज फिता काटेर पूजाको उदघाटन गर्नुभएको छ। वडा नं.२ को वड़ा प्रत्यासी धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी नेता जयसवालले वडा नं.२ को सम्पूर्ण जनता जनार्दनमा हिन्दुहरूको महान पर्व बिजयादशमी,शुभदीपावली तथा आस्थाको पर्व छठ पर्वको शुभकामना दिदै सम्पूर्ण जन समुदायको सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।दुर्गा पूजाको आज परेको सातौ दिन फुलपाती अर्थात दुर्गा भवानीको मुख खोल्ने दिनको अवसरमा नेता जयसवालले एक कार्यक्रम गरी दुर्गा भवानीले जनताको सबै दुःख, कष्ट र पीड़ाहरु हरुन र कोरोना जस्तो माहामारीबाट सबैलाई बचाऊन भन्दै दुर्गा भवानीको पूजा गर्दै प्रार्थना गर्नुभएको छ।आफ्ना जनता जनार्दनको सुख दुःख तथा सामाजिक सेवामा हरदम समर्पित नेता जयसवालले बिगतको बर्ष पनि इनर्वामा भएको दुर्गापूजालाई उदघाटन गर्दै आर्थिक सहयोग समेत गरेका थिए। नेता जयसवालले गरेका यी सराहनीय कार्याहरुले गर्दा स्थानीय गाउँ बासी खुशी ब्यक्त गर्दै आफूहरुले खोजेको जस्तो नेता जयसवाल हुन भन्ने प्रसंशा समेत गरेका छन। सम्पन्न कार्यक्रममा समाजसेवी शंकर प्रसाद मस्ताना,हेमचन्द्र राय यादव,हिमालय प्र. जायसवाल,चन्दन प्र.जयसवाल,मुदालाल प्र. पटेल,राजेश कुशवाहा, काशी प्रसाद पटेल, स्थानीय बुद्धिजीवी, राजनीतिक कार्यकर्ता, सुरक्षाकर्मी,संचारकर्मी लगायत सैकड़ौ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो।