सकियो एमाले स्थायी कमिटी बैठक : पार्टी एकताका लागि लियो यस्तो निर्णय

काठमाडौं, जेठ १८ । नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का सन्दर्भमा छलफल गरी यस्तो निर्णय लिएको हो ।

यसअघि पार्टीको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका ५र५ जना सदस्यहरू गरी स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङको संयोजकत्वमा कार्यदल गठन भएको थियो । तर, कार्यदलका केह नेताहरूलाई पार्टीले कारबाही गरेका कारण तयो कार्यदल पुर्नगठन हुनसक्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलबार स्पष्टीकरण सोधिएका नेपाल पक्षका १२ जना नेताहरुमाथि कारबाही गर्ने सम्बन्धमा कुनै छलफल भएन बरु, पार्टी एकताका लागि हदैसम्म लचिलो बन्ने निष्कर्श बैठकको रहेको छ । उहाँले बैठकमा कोभिड १९ को रोकथाम र नियन्त्रका बारेमा पनि छलपफल भएको बताउनुभयो ।

त्यस्तै, बैठकमा सर्वोच्च अदालतमा विचारधीन मुद्दाका विषयमा विपक्षीहरूबा भएका गतिविधका बारेमा पनि समीक्षा भएको ज्ञवालीले जानकारी दिनुभयो ।