धार्मिक सदभाव समिति गठन गरि ६ ओटा निर्णय पारित

रौतहट । असोज १६ गते
रौतहटमा धार्मिक विवाद भएको भन्दै धार्मिक विवाद समाधानका लागी धार्मिक सदभाव समिति गठन गरिएको छ । विगतका दिनहरुमा रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच धार्मिक परम्परा निर्वाह गर्ने क्रममा विवाद सिर्जना हुदै आएको भन्दै धार्मिक सम्प्रदाय बिच सदभाव कायम गर्न र धार्मिक विवाद समाधानका लागी एक बिशेष धार्मिक सदभाव समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले एक सुचनामार्फत अन्य विभिन्न ६ ओटा निर्णय समेत पारित गरिएको जनाएको छ । रौतहटका विभिन्न धर्मालम्बि मान्ने धार्मिक गुरु र अगुवाहरुको गठित समितिले सबै धर्मका धार्मिक कार्यक्रममा एकै स्थानमा जम्मा भइ सामाजिक सदभावको सन्देश दिने , धार्मिक विभिन्न क्रियाकलाप गर्दा सबैसंग सहजीकरण गर्ने , धार्मिक कार्यक्रमहरु सञ्चालन गर्दा सामान्य स्पिकर माइकको प्रयोग गर्ने , डिजे प्रयोग नगर्ने , धार्मिक कार्यक्रम विथोल्न खोज्ने वा बाधा पुर्याउन खोज्नेलाई सबै धार्मिक समुदायका ब्यक्तिले पहिचान गरि प्रस्तावित कानुन बमोजिम कारवाही गर्नमा सहयोग गर्ने लगायतका विभिन्न प्रस्ताहरु समेत निर्णय गरिएको छ । बैठकले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकमा गौर नगरपालिकाका नगर प्रखुख अजय गुप्ता , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपनिरिक्षक सिद्धिविक्रम शाह , सशस्त्र प्रहरी बल नेपाल रौतहटका सशस्त्र प्रहरी उपनिरिक्षक सुर्य बहादुर सेनवली , राष्ट्रिय अनुसन्धान रौतहटका मुकुन्द बाबु खड्का , डाक्टर नन्दकिशोर झा , किरण शाह , मोहम्मद वजैर आलम, सत्येन्द्र कुमार सिंह , शेख फजले हक , अब्दुल जवार लगायत नेकपा रौतहट अध्यक्ष तथा प्रतिनिधि , नेपाली काग्रेस सभापति वा प्रतिनिधि , जसपाका अध्यक्ष वा प्रतिनिधि , राप्रपा अध्यक्ष वा प्रतिनिधि , स्थानिय तहहरुका जनप्रतिनिधिहरु , रौतहटका क्रियासिल राजनैतिक दलबाट १ जना , नेपाल पत्रकार महासंघ रौतहटका सभापति , आवश्यकता अनुसारको थप महानुभावहरुलाई समेत आमन्त्रण गर्न सकिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।