गौर नपाका संस्थागत र सामुदायिक विद्यालयहरु आईतबारदेखि

रौतहट । असोज १६ गते
रौतहटको गौर नगरपालिका भित्रका विद्यालयहरु आईतबारबाट सञ्चालनमा आउने भएका छन् । कोभिड १९ का कारण लामो समय देखि बन्द रहेका संस्थागत र सामुदायिक विद्यालय संञ्चालन गर्न गौर नगरपालिकाको कार्यपालिका बैठकले अनुमति दिएको हो । नेपाल सरकार, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले अनलाईन शिक्षण तथा बैकल्पिक शिक्षण विधिहरुबाट सिकाई शिक्षण कार्य संचालन गर्न निर्देशन दिएपनि गौरमा भने सो विधि प्रभावकारी नभएकाले र लकडाउन खुलेपछि सहज भएकाले विद्यालय संचालनका लागि अनुमति दिएको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बताउनुभयो । विद्यालय सिकाई सहजिकरण निर्देशिका २०७७ अनुसार गौर नगरपालिकामा सामुदायिक सिकाई केन्द्रहरु नरहेकाले अर्को व्यवस्था नहुञ्जेलसम्म समाजिक र भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड बमोजिम प्रति कक्षा बढिमा २० जना बालबालिका सहभागी हुने गरी मास्क तथा स्यानिटाईजरको प्रयोग गरि सिकाई केन्द्रका रुपमा संचालन गर्न गौर नगरपालिकाले निर्देशन दिएको छ । निजि तथा अवासिय विद्यालय अर्गनाईजेशन प्याब्सनको गौर नगर कमिटिले पनि आईतबारबाट बोडिङ्ग स्कुल संचालन हुने जनाएको छ । सवै विद्यालयहरुले आवश्यक सुरक्षा सर्तकता अपनाएर कक्षा संचालन गर्न प्याब्सन गौरले सवैमा अनुरोध गरेको छ ।