वडाध्यक्ष साह कार्यालयमै आउँदैन्न् स्थानिय

रौतहट । साउन ०३ गते
रौतहट जिल्लाको कटहरिया नपाका एक जना वडाध्यक्षले विकास निमार्णको बजेटमा अनियमितता गरेको आरोप स्थानियहरुले लगाएका छन् । नगरपालिकाको वडा नम्बर ७ बगही टोलमा कामै सम्पन्न नगरी कागजमा काम सिमित राखि बजेट निकासा गर्न खोजेको आरोप स्थानिय राजवंशी साहले लगाएका छन् । कामै अधुरो छोडेर सरासर भुतानी गराउन खोजिएको हो । आषाढे विकासको नमुना हाम्रो वडामा प्रत्यक्ष देखिन सकिन्छ साहले भनेका छन् । आफुहरुले गत आषाढ २९ गते आर्थिक वर्ष २०७६।७७ को योजना ,प्राविधिक इस्टिमेट र उपभोता समिती गठनको प्रतिलिपी मांग गरेको तर वडाध्यक्ष हरिभजन साहले कुनै वास्ता नगरेको र तोक पनि नलगाइ दिएको स्थानिय राजवंशी साहको आरोप रहेको छ । उनीहरुले दिएको निवेदनमा कटहरिया नपा वडा नम्बर ७ मा नपा बाट आएको वडा स्तरीय विकास योजना को नामावली सहितको प्रतिलिपी मांग गर्दा वडाध्यक्ष साहले आलटाल गरेको वडावासीहरुको आरोप रहेको छ । बिगत तिन महिना देखि वडाध्यक्ष साह वडा कार्यालयमा अनुपस्थित रहदै आएको गाँउलेहरुको गुनासो रहेको छ । इििस्टमेट अनुसार ढलान नभएको,बगही देखि कटहरिया सम्मको ग्रेभल गर्दा कम ग्रेभल गरेको,नाला सरसफाइको योजनामा रकम हिनामिना गरेको,गत आर्थिक वर्षको बाढी पिडितको रकम अहिले सम्म नदिएको जस्ता आरोपहरु लगाएका हुन् । यस विषयमा वडा सचिव जयराम साह संग प्रतिक्रिया लिन खोज्दा योजना र प्रविधिक इस्टिमेट नपा बाट उपल्बध हुने र उपभोता समितीको नामावली वडाकार्यालय बाट उपलब्ध हुने भएपनि वडाध्यक्ष साहले तोक नगाएको कारणले दिन नमिलने बताए । यस विषयमा वडाध्यक्ष हरिभजन साह संग सोध्दा आषाढ मसान्तमा काम व्यस्तता भएकोले उपभोता समितीको नामावली दिन नसकेको स्विकार गर्दै जुन सुकै बेला नामावलीको प्रतिलिपी दिन तयार रहेको तथा आफनो वडामा भएका काम इस्टिमेट अनुसार नै भएको र कुनै अनियमितता नभएको स्पष्टिकरण दिएका छन् । जुन सुकै बेला आएर विकास निमार्णको काम अनुगमन गर्दा हुन्छ । कटहरिया नगरपालिका कि उपमेयर तथा अनुगमन समितीकी संयोजक नुरजहाँ खातुनले आफु कहाँ वडा नम्बर ७ को फाइल नै नआएको र आएपछि अनुगमन गरि मात्र प्रक्रिया अगाडी बढाउने प्रतिक्रिया दिएकि छिन् । कटहयिा नपामा यस्तो नभएको र यदि त्यस्तो भए गरेको पाइएमा योजना प्रमुख संग सोधेर त्यस्ता योजनाहरु खारेज गर्ने कटहरिया नगर प्रमुख सियाराम कुशवाहाले प्रतिबद्धता जनाएका छन् ।