बागमतीका स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण, स्वास्थ्यसेवामा सुधारको आग्रह

हेटौंडा–मकवानपुरको बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो ।

राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले राईगाउँ स्वास्थ्यचौकीले सेवा सुविधा राम्रो दिएको बताएका थिए । परिक्षणको क्रममा बागमती गाउँपालिका २ राइगाउँका पूर्णबहादुर विश्वकर्माले राईगाउँ स्वास्थ्य चौकीको लागिदिएको जग्गाको अवस्थाको बारेमा प्रश्न गरेको थिए । उनले स्वास्थ्यचौकीको लागि भनेर स्थानीय दलित समुदायले दिएको जग्गाको सदुपयोग हुनुपर्ने बताएका थिए ।

उक्त विषयमा बाग्मती गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख राजु सुनारीले जवाफ दिएका थिए । उनले जग्गा पाउँदा निकै खुशी लागेको तर भवन बनाउन नसकेको स्विकार गरे । प्रदेश सरकार र संघीय सरकारले भवनको लागि बजेट छुट्याउन नसकेको र गाउँपालिकाले मात्रै नसक्न भएकोले अब गाउँपालिकाले थप पहल गर्ने बताएका थिए ।

सामाजिक सुनुवाई कार्यक्रम अगाडि स्थानीय स्तरमै गरिएको सर्वेक्षणको जानकारी गरायएको थियो भने राईगाउँ स्वास्थ्य केन्द्रका प्रमुख फुलेश्वर पाण्डेले उक्त स्वास्थ्य केन्द्रले दिएको सेवा सुविधकाको विषयमा जानकारी दिएका थिए । राईगाउँ स्वास्थ्य केन्द्रको सामाजिक परिक्षणमा बागमती– २ का वडाध्यक्ष जगत ब्लोन स्थानीय राजनीतिक दलका प्रतिनिधि, महिला स्वास्थय स्वंसेविकालगायतको उपस्थिति रहेको थियो ।

यस्तै शनिबार नै बागमती गाउँपालिका –६ फापबारीको बेतिनी स्वास्थ्य केन्द्रमा पनि सामाजिक परिक्षण भएको छ । सामाजिक परीक्षणको क्रममा सेवाग्राहीहरु स्वास्थ्य केन्द्रको सेवाको विषयमा टिप्पणी गरेका थिए । स्थानीय रेनुका चौरेलले आमा समुहहरुको भेलाको विषयमा प्रश्न गरेकी थिइन् । यस्तै रेखाशाहले गाउँपालिकाको सेवा थप प्रभावकारी बनाउन आवश्यक रहेको बताईन् । स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेको भक्तबहादुर श्रेष्ठले सामाजिक परिक्षणमा उपस्थितिको संख्या बढाउनुपर्ने बताएका थिए ।

उनले केन्द्रले सुत्केरी भत्ता तुरुन्तै किनदिन नसकेको भन्दै प्रश्न गरेका थिए । यस्तै नेपाली कांग्रेसका स्थानीय नेता भीमप्रसाद घिमिरेले स्वास्थ्य केन्द्रलाई सुधार गर्दे एक्स रे मेसिन र डाक्टरको दरबन्दी राख्नुपर्ने माग गरेका थिए । स्थानीयहरुले एम्बुलेन्स सेवाको आम्दानी खर्चको अवस्था देखाउन माग समेत गरेका थिए । जवाफमा बेतेनी स्वास्थ्य केन्द्रका प्रमुख योगेन्द्र चौधरीले एम्बुलेन्सको अवस्था नाजुक भएकोे पटक पटक विग्रेको बताएका थिए ।

उनले एम्बुलेन्स त्यसै थन्काउनुको साटो चालकलाई चलाउन दिएर केन्द्रले मासिक ४ हजार लिने बताएका थिए । यस्तै गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख राजु सुनारीले आमा समूहहरु पुर्नगठन गरि सञ्चालन गर्नुपर्ने बताएका थिए । उनले सुत्केरी भत्ताको विषयमा जवाफ दिँदै सुत्केरी भएर २४ घण्टा पछि घर फर्काउँदा सुत्केरी भत्ताा दिनुपर्ने बताउँदै त्यसको लागि आवश्यक प्रबन्ध गर्ने बताएका थिए । यस्तै डाक्टरको दरबन्दीको विषयमा बोल्दै गाउँपालिकाले सचनाजारी गर्दा पनि डाक्टर नआएका प्रष्टोक्ति गरेका थिए । वडाध्यक्ष ध्र्रुव थापाले स्थानीयहरुले पनि सरसफाईमा ध्यान दिनुपर्ने बताएका थिए ।