नेकपा नेता श्रीप्रकाश कौशलले इनर्वाका आगलागी पिडितलाई गरे खाद्यान्न लगाएत सामग्रि सहयोग ।

कृष्ण तिवारी
पुष २२ गते, रौतहट ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता श्रीप्रकाश कौशलले आगलागी पिडितलाई खाद्यान्न सहितका सामग्रि सहयोग गरेका छन ।
युवा नेता कौशलले आफना व्यक्तिगत लगानीमा रौतहटको बौधीमाई नगरपालिका २ इनर्वाका आगलागी पिडित लाई खाद्यान्न लगाएतका सामग्रि वितरण गरेका छन ।
नेता कौशलले आज आगलागी पिडित रामप्रसाद महतो नुनिया, समानन्द महतो र रामा महतोको घरमै पुगेर उक्त सामग्रि सहयोग गरेका छन ।
समाजसेवामा सदैव तत्पर रहने तथा समाजसेवामा विशाल हृदय भएका नेकपा नेता श्रीप्रकाश कौशलले इनर्वाका आगलागी पिडित परिवार रामप्रसाद, समानन्द र रामा महतो तिनै जनालाई ३ बोरा चामल, चार किलो दाल, नुन, तेल, आलु, प्याज लगाएतका खाद्यान्न सामग्रि वितरण गरेका छन भने चिसोबाट बच्न तिनवटा बलैंकेट, साडीसेट, त्रिपाल लगाएतका सामान वितरण गरेका छन ।
केहि दिन अघि मात्रै अकस्मात तिनै जनाको फुसको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो भने घरमा रहेको अन्नपात, लताकपडा, भाडावर्तन, गरगहना लगाएत घरभित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको थियो ।
आगलागीबाट घरमा बाँधिएको चारवटा पशु चौपायाको समेत जलेर मृत्यु भएको थियो । आगलागीबाट लाखौको क्षति भएको थियो ।
एक त विपन्न परिवार भएको र त्यस्मा पनि घर जलेर सबै सामान नष्ट हुँदा पिडितलाई थप आर्थिक संकट उत्पन्न भएको छ ।
आगलागीले लाई घरवार विहिन समेत बनाएको हुँदा जाडोको मौसममा पिडितलाई विजोग भएकोले आफुले सक्दो सहयोग गरेको युवा नेता कौशलले बताएका छन ।
आगलागीले घर सहित घरमा रहेका सबै सामान जलेर नष्ट हुँदा गुजारा चलाउन मुस्किल भएको खबर थाहा पाएपछि आफुले केहि दिनको लागी भएपनि केहि राहत पुग्ने उदेश्यले आफनै निजी लगानीमा उक्त सामग्रिहरु पिडित परिवारलाई सहयोग गरेको नेता कौशलले बताए ।
सहयोगको भावनामा निकै दयालु र मयालु स्वभावका रहेका नेकपा नेता कौशलले यसअघि पनि लकडाउनबाट प्रभावित बनेका गरिव परिवारहरुलाई अफनै निजि लगानीमा राहत सामग्रिहरु वितरण गरेका थिए ।
नेता कौसलले आफ्नो नगर भित्रका जनताहरुलाई बिपत्त परेको बेला सहयोग गर्दै आएका छन ।
बौधीमाई नगरपालिका अजैगी निवासी रहेको र अगामी निर्वाचनमा मेयर पदमा चुनाव लडने योजना बनाएका नेकपा नेता कौशलले कसैलाई कुनै प्रकारको आपत विपत्त परेको बेला सहयोग गर्न आफु तयार रहेको बताएका छन ।