काठमाडौं, माघ २८ । बिगतमा झै यसपटक पनि महाधिवेशनबिनै पार्टीको नेतृत्व कब्जा गर्ने प्रयाश असफल बनेपछि तीन जना पूर्वप्रधानमन्त्रीले खडा गर्नुभएको समुह एजेण्डाबिहीनसँगै राजनीतिक र बैचारिक रुपमा पनि टाट पल्टिएको पुष्टि भएको छ ।

प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अफूबिरुद्धको कू प्रयाश बिफल पार्न पुस ५ गते प्रतिनिधिसभा बिघटनको सिफारिश गरेपछिको यस अवधीमा तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले आफूहरु एजेण्डाबिहीन मात्रै होइन, राजनीतिक सैद्धान्तिक रुपमा टाट पल्टिएको पुष्टि गर्नुभएको हो ।

सो समुहले आजसम्म जति सभा गर्यो सवैमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गालीमा मात्रै सिमित रह्यो । आज पनि प्रचण्ड समूहको काठमाडौंको विरोध सभामा पुरानै शैलीमा प्रतिस्पर्धा न देखियो । त्यो प्रतिष्पर्धा थियो, प्रधानमन्त्री ओलीलाई कसले धेरै गाली गर्ने । सो समूहले गरेको विरोध सभामा बोल्ने सबै नेताहरुले प्रधानमन्त्री ओलीविरुद्ध गालीको बर्षा गरे । कार्यक्रममा बक्ताको कुरा सुन्दा लाग्थ्यो, ‘यो कुनै सभा होइन, केवल गाली प्रतियोगिता हो ।’

कार्यक्रममा रामकुमारी झाँक्रीसहितका महिला नेतृहरुले त प्रधानमन्त्री मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीसम्मको विरोध गर्न भ्याए । सामाजिक बिखण्डन र अराजकता मच्चाएर बिगतको अपराधबाट बच्न प्रचण्ड–माधव समुहले सो समुहकी महिला नेतृहरुलाई राष्ट्रपतिको चरित्रहत्या गर्न आदेश नै दिइसकेको छ । आजको सभामा सो समूहकी नेतृ अञ्जना विशंखे, झाँक्री,अमृता थापामगरलगायतले प्रधानमन्त्रीसँगै राष्ट्रपतिमाथि गालीको बर्षा गरे ।

यस्तै सधै चुनाव हार्नेको सूचीमा रहनुभएका रघुजी पन्तले प्रधानमन्त्री ओलीबिरुद्ध तथानाम गाली गर्नुभयो । कार्यक्रममा प्रचण्ड र माधव नेपालसहितका अन्य नेताले पनि सभामा कुनै सैद्धान्तिक बैचारिक कुरा राख्नुभएन, नयाँ एजेण्डा पनि राख्नुभएन, केवल गाली मात्रै गर्नुभयो ।साभार जनता टाइम्स