काठमाडौं, माघ २८
सिंगो नेकपा हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक उठाईरहनु भएको विषय हो, ‘मेरो अपमान भयो ।’ उहाले पार्टी फुटपछि पनि यो विषय निक्कै दह्रो गरी उठाउनु भयो । विभाजनपछिका हरेक कार्यक्रममा अहिलेको पार्टीमा आफ्नो मान हुने र पुष्पकमल दाहाल प्रचण्डसँग ४० वर्ष अघिदेखी सहकार्य रहेको पनि खुलासा गर्दै आउनु भएको छ ।
तर, प्रचण्ड–नेपाल समुहले गरेको विरोधसभामा भने उहाँले उहाकै शब्दमा भन्ने हो भने अपमान भोग्नु परेको छ । बुधबार काठमाडौंमा भएको विरोधसभाको आसन ग्रहणमा उद्घोषक लिलामणी पोखरेलले उहालाई सार्वजनिक रुपमै अपमान गर्नुभएको हो । आसन ग्रहणको क्रममा उहाले प्रमुख वक्ता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको बताउनु भयो । त्यसपछि अर्का अध्यक्ष नेपाल वक्ता मात्र भएको जानकारी गराउनु भयो ।
नेपाललाई वक्ता मात्र भनेपछि सिटमा बसिरहनु भएका नारायणकाजी श्रेष्ठ उठेर पोखरेललाई कहाँ उहा (नेपाल) पनि प्रमुख वक्ता नै हो नि भनेर जानकारी गराउनु भयो । मञ्चमै रहनु भएका नेपाल त्यसबेला अमिलो मन लगाएर बसीरहनु भएको थियो । त्यसपछि उद्घोषक पोखरेलले क्षमा मागेर प्रमुख वक्ता भएको सुधार गर्नुभयो ।
माधव नेपालले अपमान महसुस गर्न सक्ने देखेपछि प्रचण्डले उहासँग हाँस्दै कानेखुसी गर्नुभएको थियो । स्मरण रहोस्, सो समुहले माधव नेपाल पहिलो अध्यक्ष भन्दै आईरहेको छ । तर, व्यवहार भने प्रचण्डलाई नै पहिलो अध्यक्ष मान्दै आएको छ ।साभार जनता टाइम्स