काठमाडौं, माघ २८ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतलाई फेरि चेतावनीको शैलीमा आफूहरुको आदेशपालक बन्न धम्की दिनुभएको छ । अबैधानिक रुपमा पार्टी र सरकारको नेतृत्व कू गर्न नसकेको बिरोधमा आज काठमाडौंमा आफ्नो समुहले आयोजना गरेको विरोध सभामा बोल्दै प्रचण्डले आफूहरुको कुरा नै जनताको कुरा भएको भन्दै अदालतलाई फेरि धम्क्याउनु भएको हो ।
‘अदालत यत्रो जनताको आवाज नसुन्ने ? अदालत केपी ओलीसँग डराउला भन्ने मलाई लाग्दैन, यदी डरायो भने आँधी–हुरी आउँछ, कसैले थाम्न सक्दैन,’ सर्वाेच्च अदालतबाट संबिधानअनुसार नभई आफूहरुकै कुराअनुसार फैसला आउनुपर्ने भन्दै प्रचण्डको भनाई थियो । उहाँले अदालतले आफूहरुको कुराअनुसार फैसला नगरे आन्दोलन हुने भन्दै धम्क्याउनु भयो ।
‘अदालतले लोकतन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा फैसला गर्नेमा म विश्वस्त छु, नत्र शान्तिपूर्ण क्रान्ति हुन्छ, ग्रीन रिभ्युलुसन हुन्छ, एउटा सानो समूहले विद्रोह गर्दा हिजो के भयो ?’ प्रचण्डले भन्नुभयो । उहाँले अव सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी पनि दिनुभयो । ‘अर्को पल्ट १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस,’ प्रचण्डको भनाई थियो ।
उहाँले निर्वाचन आयोगलाई पनि धम्की दिनुभयो । ‘निर्वाचन आयोग काइते कुराकापछि नलाग, खुट्टा नकमाउ,’ प्रचण्डले धम्की थियो । प्रचण्डले आफूहरुको आन्दोलनमा भारतको सहयोग र सदभाव चाहेको भन्दै पुःन बिदेसी सहयोग निम्त्याउनु भयो । प्रतिगमनविरुद्ध छिमेकीबाट सहयोग र सदभाव चाहेको भन्दै उहाँले यसमा गढबड नहुने उहाँको भनाई थियो ।साभार जनता टाइम्स