रौतहटमा जनमत पार्टीको प्रदर्शन जारी


सरिता श्रीवास्तव । रौतहट । आषाढ १४ गते
नागरिकता विधेयकको विरुद्धमा जनमत पार्टी रौतहटको विभिन्न गाउँपालिकामा प्रदर्शन गरेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गतको दुर्गा भगवती र यमुनामाइ गाउँपालिकामा जनमत पाटीले छुट्टा छुट्टै ¥याली प्रदर्शन गर्नुको साथै कोण सभा समेत गरेको थियो ।
कोण सभामा बोल्ने वक्ताहरुले कम्युनिष्ट सरकारद्वारा जारी नागरिकता बिधेयक खारेज गर्न माग गरे । सरकारले ७ बर्ष पछि मात्र बिदेशी बुहारीलाई नागरिकता दिने विधेयक ल्याएर सदियो देखीको भारत र नेपाल बिचको रोटी बेटीको सम्बन्ध बिग्रान खोजेको उनीहरुको आरोप थियो ।

¥यालीमा सहभागिहरुले नागरिकता विधेयक खारेज गर, रंगभेद अन्त गर, जनमत पार्टी जिन्दावाद लगायतको नारा समेत लगाएका थिए । प्रदर्शनका क्रममा जनमत का नेताहरु विरेन्द्र साह,रागनी पाण्डे सहितका जिल्ला नेताहरुको सहभागिता रहेको पार्टीका जिल्ला सचिव विकास कुमार यादवले जानकारी गराएका हुन् ।