परिवर्तन टोल विकास संस्थाको साधारणसभा

हेटौंडा–हेटौंडा–१४ मयुरधापमा गठित परिवर्तन टोल विकास संस्थाले पहिलो प्रारम्भिक साधारणसभा गरेको छ । शनिबार आयोजित साधारणसभामा टोल विकास संस्थाको कार्यक्षेत्रभित्र रहेका ७७ घरधुरीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

साधारणसभाबाट संस्थाको विधान, कार्ययोजना र घरधुरी सर्वेक्षण प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । टोल विकास संस्थाले आगामी आगामी आर्थिक वर्षमा वडा कार्यालयको सहयोगमा काठको विद्युतीय पोल विस्थापन, बाटो सुधार, सरसफाई लगायतको कार्ययोजना बनाएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मण ढुङ्गानाको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा उपमहानगरपालिकाका हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा–१४ मा रहेको कर्मभूमि टोल विकास संस्थाकी अध्यक्ष सोबी लामा, नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखाका सचिव विशाल अधिकारीलगायतको आतिथ्यता रहेको थियो । सभामा संस्थाकी सचिव उषा ठकुरीले सहजीकरण गरेकी थिइन् ।