वर्षाले निम्त्यायो विपदः मकवानपुरमा एकको मृत्यु, एक बेपत्ता(अन्य अपडेट)

हेटौंडा–निरन्तरको वर्षाको कारण मकवानपुरका बाढी पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदका घटना हुन थालेका छन् । तीनदिनदेखि निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हेटौंडाका विभिन्न वडाका कयौं घरहरु डुबानमा परेका छन् । पहिरोका कारण राजमार्गहरु पनि अवरुद्ध भएका छन् ।

खोला तर्ने क्रममा बगाउ“दा उत्तरी मकवानपुरको थाहा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । थाहा– ३, दम्कीमा विद्यालयबाट फर्कँदै गर्दा खोला तर्ने क्रममा बगाउदा १२ वर्षीया सञ्चना बलामीको मृत्यु भएको हो । खोलाले बगाएको उनलाई करिब चारसय मिटर तल प्रहरीले मृत अवस्थामा भेटेको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बलामी जनकल्याण मावि कक्षा–६ मा अध्ययन गर्थिन् ।

यसैगरी मकवानपुरको कैलाश गाउँपालिकामा पहिरोले पुरिएर एक महिला बेपत्ता भएकी छन् । कैलाश–५ कालिखोलामा आएको पहिरोमा स्थानीय तारामाया पाख्रिन पुरिएको स्थानीयले दावी गरेका छन् । प्रहरीले भने घटनाको पुष्टी गरेको छैन । घटना भएकोबारे जानकारी आएको तर, घटनास्थलमा प्रहरी पुगिनसकेको कारण पुष्टी गर्न नसकिएको मकवानपुरका प्रहरी उपारीक्ष मुकेशकुमार सिंहले जानकारी दिए । निरन्तर वर्षाका कारण खोला तथा खहरेमा आएको बाढीका कारण प्रहरी घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध
भारी वर्षाको कारण पहिरो आउँदा हेटौंडा र काठमाडौंको सडक सम्पर्क टुटेको छ । त्रिभुवन राजपथ, हेटौंडा–फाखेल–काठमाडौं, हेटौंडा–सिस्नेरी–काठमाडौं, कान्तिलोकपथ सडक वर्षात्स“गै खसेको पहिरो कारण अबरुद्ध भएका छन् ।

भीमफेदी गाउपालिका–१, बाघझोरामा आएको बाढीका कारण शुक्रबार बिहानैदेखि त्रिभुनवराजपथ र छोटो मार्गहरुमा सवारी चल्न सकेका छैनन् । काठमाडौंबाट हेटौंडा र हेटौंडाबाट काठमाडौं हिडेका सवारी बाघझोरामा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन् । वर्षा जारी रहेका कारण पहिरो हटाउन नसकिएको र बाढी कम नभएकाले सडक खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

घर डुबानमा
लगातारको वर्षास“गै हेटौंडा–४, ५ र ६ नम्बर वडाका धेरै घरहरु डुबानमा परेका छन् । वडा अध्यक्ष राजेश बानिया“का अनुसार हेटौंडा–५ को गर्दोइ, शान्तिनगर, सानोपोखरा र पिप्ले क्षेत्र डुबानमा परेका छन् ।

कर्रा खोलाको बाहब बढ्दै गएको कारण ठूलो क्षति हुने सम्भावना रहेको छ । शान्निगरका स्थानीयलाई स्थानान्तरणको तयारी गरिएको छ । हेटौंडा–४ र ५ को सीमाना क्षेत्रको प्लटिङमा निर्माण गरिएको घरहरु समेत डुबानमा परेका छन् ।
लगातारको वर्षात्स“गै हेटौंडाको राप्ती, सामरी, कर्रालगायतको खोला तथा साना खहरेहरुसमेत बढेको कारण सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।