विद्यालयको क्याप्टेन छान्न निर्वाचन

हेटौंडा–मकवानपुर बाल विद्या सदन स्कुल, हर्नामाडीले विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन गराएको छ ।

निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास एवम् आफैंले नेतृत्व छनोट गरी व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले निर्वाचनमार्फत क्याप्टेन छनौट गरिएको विद्यालयले जनाएको छ ।

शुक्रबार भएको निर्वाचनबाट स्कुल क्याप्टेन छात्र तथा छात्रातर्फ क्रमशः रजल श्रेष्ठ र स्मिति गिरी निर्वाचित भए । क्लास क्याप्टेन निशान भोम्जन (४), रिया पुडासैनी (५), रिसन भुजेल (६), कुसुम खड्का (७), एलिशा लो (८) र रचना घर्ती (९) निर्वाचित भए । हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडाध्यक्ष अनिल बानियाँले निर्वाचनको महत्त्वबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए । उनले निर्वाचित विद्यार्थीलाई जिम्मेवारीपूर्वक काम गर्न शुभकामना दिए ।

निर्वाचित विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदिपराज गिरी, अभिभावक शिक्षक संघ अध्यक्ष सुन्दर दाहाल, व्यवस्थापन समिति सदस्यहरू कल्पना कुईँकेल गुरागाईँ, पुरुषोत्तम अधिकारी लगायतबाट ब्याच तथा प्रमाणपत्र वितरण गरेका थिए ।