धानको बिउ राख्न किसानलाई चटारो

बारा, जेठ २१ गते । धानको बिउ राख्न किसानलाई चटारो परेको छ । बढ्दो आधुनिकिकरण तथा प्राविधिकको कारण गाउँ, घरमा समेत गोरुको अभाव भएपछि आप्mैले धानको बिउ राख्न व्यस्त भएका छन् । धानको बिउ राख्न हल्लो गोरु खोज्न तीनचार दिनदेखी अन्य गाउँटोलसम्म नपाउदा आप्mनै घर परिवारका सदस्यले धानको बिउ राखेको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर टोलका महेन्द्र महतो कोईरीले बताए । ट्रेक्टरले बिउ राख्न खोज्दा १० मिनेट पनि समय नलाग्ने तर, आग्रिम पाँच सय रुपियाँ साव महाजनले लिने गरेका उनले भने । यस्तै आफुले पनि गाउँटोलमा हल्लोगोरु नपाउदा आप्mनै घरको सदस्यको सहयोगमा धानको बिउ राखेको महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुर टोलका वीरेन्द्र प्रसाद कानुले बताए । पहिला हल्लोगोरुले खेती गर्दा मिहिनेत बढी हुने, अहिले प्राविधिक बढेपनि उनीहरुको दर, भाउ एकिकृत नहुँदा किसानहरु ठगिनुको साथै महँगो रेटमा खेतीगर्न बाध्य भएका उनले बताए । बारा जिल्लामा करिब ७० हजार हेक्टर क्षेत्रफल कुल खेती योग्य जग्गामध्ये ६२ हजार ८.२३ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जीतेन्द्र प्रसाद यादवले बताए ।