स्रोत नखुलेको पाँच लाख चौरानब्बे हजार सहित एक पक्राउ

रौतहट, ६ माघ ।
स्रोत नखुलेको नेपाली रुपैयाँ नगद रु.पाँच लाख चौरानब्बे हजार सहित एक जना पक्राउ परेका छन् ।
रौतहटको बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गई रहेको बागतमी प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा त्यसबाट एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थानगरी जम्मा रु.पाँच लाख ९४ हजार रुपैयाँ कुनै स्रोत नखुलेपछि नियन्त्रणमा लिइएको बिओपि सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक नारेन्द्र कुमार पाटा मगरले बताउनुभयो ।
यसरी अबैध रकमसहित परोहा नगरपालिका–८ बस्ने ४५ वर्षीय दिनेश प्रसाद कुशवाहालाई आवश्यक कारवाहीको लागि आजै गौर भन्सार कार्यालयमा पठाइएको मगरले जानकारी दिनुभयो ।