जुनै हालतमा पनी निर्धारित समयमै निर्वाचन हुने सहरी विकास मन्त्री प्रभुु साहको उदघोष

अगम कुमार उपाध्याय
रौतहट ,फागुन ६ गते ।
सहरी विकास मन्त्री प्रभुु साहले जुुनै हालतमा पनी निर्धारित समयमै निर्वाचन हुने उदघोष गर्नु भएको छ।
रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उदघाटन तथा पुल सिलान्यास कार्यक्रमलाई संबोधन गर्नुहुँदै मन्त्री साहले सरकारले तोकेको अगामी बैशाख १७ र २७ गतेनै निर्वाचन हुने दाबी गर्नु भयो ।
उहाँले सोही अवसरमा दवैद्ध चरित्रको कारण नेपाली कांग्रेस पार्टी साँघुरिदै गएको बताउनुु भएको छ । बिहिवार डिविजन सडक कार्यालय रौतहटद्धारा आयोजित पक्कीसडक उदघाटन तथा पुल सिलान्यास कार्यक्रमलाई संबोधन गर्दै मन्त्री साहले उक्त कुरो बताउनुु भएको हो ।
प्रधानमन्त्री केपी ओलीले नया जनादेशका लागी संसद बिघटन गरेर अगामी बैशाख १७ र २७ गते दुुई चरणमा चुनावको घोषणा गरेका छन ।
कांग्रेसका केही नेताहरु अदालतको फैसला हेर्ने बताई रहेका छन भने अर्काथरी आन्दोलन गरेर दोहरो चरित्र प्रदर्शन गरेका छन ।
प्रभुु साहले यसअघि सहरी विकास मन्त्री हुँदा सोही मन्त्रालय बाट स्विकृत बाल्चनपुर जंगलसहीया र खतवहिया परसवा , पक्की सडकको उदघाटन गर्नु भयो ।
रमन सगरमाथा जेभीद्धारा १६ करोड, ३८ हजार २६९ रुपैयाको लागतमा बाल्चनपुर जंगलसहीया सडकमा १० किलोमिटरमा र ९ करोड ११ हजारको लागतमा खतवहिया परसवा ७ किलोमिटर कालोपत्रे भएको सघन सहरी तथा भवन डिविजन कार्यालय बिरगंजका प्रमुख रन्जन दाशले जानकारी दिनुु भयो ।
त्यसैगरी सहरी विकास मन्त्री प्रभुु साहले बाल्चनपुर जंगलसैया सडकखण्ड अन्तरगत गुजरा नदीको पुलको सिलान्यास गर्नुु भएको छ ।
कुुल लागत ६करोड,८५लाख४३ हजारमा निर्माण हुनलागेको ५० मिटर लम्बाई ११ मिटर चौडाई पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिविजन सडक कार्यालय चन्द्रपुरका प्रमुुख बिनोद कुमार मौवारले जानकारी दिनुु भयो ।
बाल्चनपुर जंगलसैया सडकखण्डमा पुलको अभावमा बर्षेणी बर्षायाममा गुजरा नदीमा बिभिन्न दुर्घटना हुँदै आएको छ ।
पुल सिलान्यास तथा सडक उदघाटन समारोहमा मन्त्री प्रभुु साहका साथै प्रदेश सांसद कुन्दन कुुश्वाहा,कटहरियाका मेयर सियाराम कुश्वाहा,मौलापुरकी मेयर रिनाकुमारी साह,प्रमुुख जिल्ला अधिकारी ईन्द्रदेव यादव,प्रहरी उपरिक्षक सीद्धी बिक्रम शाह,सशस्त्र प्रहरी उपरिक्षक सुरजसेन ओली लगायतले विकासको लागी सडक पुुर्वाधारनै पहिलो खुुडकिलो रहेको बताउँदै सराहना गर्नुु भएको थियो ।