राैतहटमा नेपाली सेनाको स्वास्थ्य शिविरमा ७ सय १४ जनाले पाए उपचार

बैशाख १६ गते

प्रेमचन्द्र झा 

राैतहट। नेपाली सेना वीर दल गण राैतहटले  आयोजना गरेको स्वास्थ्य शिविरमा  ७ सय १४ जनाले निशुल्क रुपमा उपचार पाएका छन । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत विधालय मोतिपुरमा भएको स्वास्थ्य शिविरमा  जिल्लाका उतरी भेगका  बिभिन्न  राेगका  बिरामीको  निशुल्क उपचार तथा आवश्यक औषधि बितरण गरिएको  हाे । शिविरमा ५६ ज बाल वालिका , ५९ महिला  , २सय ९६ आखा रोगी , र २सय ३ जना जनरल ओ पि डी विरामी गरि ७ सय १४ जनालाई  उपचार  गरिएको  नेपाली सेना वीर दल गण राैतहटका गणपति  प्रमुख सेनानी गंगा बहादुर बिष्टले बताए । शिविरको उदघाटनको अवसरमा नेपाली सेनाको २८ नम्बर वाहिनीपति सानू काजी थापा  ,चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काप्ले , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ,प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे ,राष्ट्रिय अअनुषन्धानका प्रहरी उपरीक्षक चन्दन झा सहितका कार्यालय प्रमुख तथा  स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको गणपति बिष्टले बताए । विहान ०७ बजे देखि शिविर  सुरु भई सांझ ०५ बजे सम्म संञ्चालन भएकाे थियो ।सो  स्वास्थ्य शिविरमा  चन्द्रपुर नगरपालिका , प्रादेशिक अस्पताल गाैर , रेडक्रस सोसाइटी , औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।