चुनाव हारेको रिसले जसपा पुर्व मेयर पटेलको समुह द्वारा आक्रमण

रौतहट १० जेठ ।
रौतहटको देवाहीगोनाही नगरपालिकामा चुनाब हारेको झोकमा जसपाका पूर्व मेयर धमेन्द्र पटेल संलग्न उनि निकट गिरोहले वर्तमान उपमेयरको घरमा राति सांघातिक आक्रमण गरेको छ ।

आक्रमणमा परि दर्जन भन्दा बढी मानिस घाइते भएको समाचार प्राप्त भएको छ । नगरपालिकामा पराजित भएको जसपाका पूर्व मेयर पटेल , पूर्व उपसभापति रामआशिषराय यादव को प्रत्यक्ष रोहवारमा गिरोहले निर्वाचित उपमेयरको घरमा आक्रमण गरेको उप मेयर परनिया देवी ले जानकारि दिएको छ ।

देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल अहिले जसपालाई हराउदै निर्वाचित उपमेयर रहेकि छन् । निर्वाचनमा हारेको झोकमा प्रतिसोध साचेर सांघातिक रुपमा आक्रमण गरेको बुझिएको छ । उक्त समूहले निर्वाचनको बेला पनि त्यहाँका मानिस लाई हतियार देखाएर तर्साएको थियो । प्रहरीले निर्वाचनको बेला उक्त समूहबाट एक ट्रयाक्टर धारिला हतियार सहितको सामाग्रीहरु बरामत गरेको थियो ।

पटक पटक आफू असुरक्षित भएको खबर सुरक्षा निकायलाई जानकारि गराउदा पनि सुरक्षा निकाय संवेदनसिल नबनेको आरोप स्थानियको रहेको छ । आक्रमणमा परि निर्दोष मानिसहरु घाईते हुन पुगेका छन् । आक्रमणमा घाईते भएकाहरुलाई एम्बुलेन्समा हालि अस्पताल पु¥यार्ईएको छ । आक्रमणमा परि केहिको अबस्था गम्भिर रहेको छ ।

नगरपालिकामा घटना घटिसकेपछि अहिले प्रहरी परिचालन गरिएको छ । भने गाउँमा त्रासको बातावरण अहिले पनि रहिररहेको छ ।