लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान सुरु

रौतहट, २२ मंसिर । लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान अन्तर्गत आइतवार रौतहट भएर चल्ने सवारी साधनमा लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटांै, कोही नछुटौं भन्ने मुल नारा लेखिएको स्टिकर टाँस्न शुरु गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेबा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीले एक कार्यक्रमका बीच चन्द्रनिगाहपुरमा सवारी साधनको अघि र भित्र सो स्टिकर टाँस गर्नु भएको हो । सो अभियानको शुरुवात गर्दै प्रमुख प्रहरी नायब महानिरिक्षक अधिकारीले कुनै पनि प्रकारको हिंसाले समाजमा फाईदा नपुग्ने भएकाले आजैबाट सबैले आ–आफनो तह र तप्काबाट हिंसा अन्त्यको लागि लाग्नु पर्ने बताउनुभयो । यस बर्ष लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानको मुल नारा समानताको पुस्ता बलत्कार बिरुद्धको ऐक्यबद्धता रहेको छ । सवारी साधनमा समेत महिला माथि दुब्र्यबहार, बलत्कार, हिसाका घटना हुने गरेकाले लामो तथा छोटो दुरीमा चल्ने सबारी साधनमा स्टीकर टासेर न्युनिकरणको थालनी गरिएको उहाँले बताउनुभयो ।