८० जना छात्रालाई साईकल बितरण

पर्सा, २२ मंसिर । वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरीसुगौली स्थित शारदा माविमा बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तरगत कक्षा ८ मा पढने ८० जना विद्यार्थीलाई साईकल वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाली कांगे्रस पर्साका सभापति अजय द्विवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम सराहनीय रहेको र यसले समाजलाई परिवर्तन गर्ने कुरामा जोड दिनुभाये । कार्यक्रममा कांग्रेस सभापति द्विवेदीले समाजमा नारी शिक्षक नभईकन राष्टले उन्नती गर्न नसक्ने हुँदा मधेशमा छोरीलाई विद्यालय पठाउनका लागि साईकल वितरण अभियानले प्रभावकारी भूमिका खेल्ने दावी गर्नु भयो । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य करिमा वेगम, जिल्ला अध्यक्ष रामनरेश यादव, फिरोज मन्सुर, संघिय परिषद सदस्य सलाउद्दिन अहमद, नगर अध्यक्ष ईश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।