आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

सर्लाही, १० पुस । सर्लाहीको बरहथवा नगरपालिका १७ श्रीपुरमा आफ्नै घरमा आगो बालेर ताप्ने क्रममा जलेर गएराति एक जना महिलाको ज्यान गएको छ । आफ्नै घरको आँगनमा ताप्न बालेको आगो शरीरमा सल्किएपछि घाइते हुनुभएकी ४० वर्षीया राजमति देवी साहको उपचारको क्रममा जनकपुर अस्पतालमा ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । त्यसैगरी विष्णु गाउँपालिका १ को बेल्वामा पनि आगो ताप्ने क्रममा जलेर २५ वर्षीया सरस्वती पासवान घाइते हुनुभएको छ । घरमा बालेको आगो ताप्ने क्रममा अचनाक साडीमा आगो सल्किएपछि घाइते हुनुभएकी पासवानको जिल्ला अस्पताल मलंगवामा उपचार भैइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी आगलागीबाट ईश्वरपुमा तीन वटा पसल जलेर नष्ट भएको छ। बैयलवास बजारमा रहेको हकिम मियाँ, नुर अन्सारी र मजहर हुसेनको पसलमा बिजुलीको तार सर्ट भइ आगलागी हुँदा २१ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय नुर अन्सारीको पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।