ठेकदारको लापरवाहीले कटहरिया झाँझपुल सडक खण्डमा सास्ती, पिच फुटेर बन्यो ठुलो ठुलो खाल्डो


आरके श्रीवास्तव , रौतहट । असार १४ गते
ठेकदारको लापरवाहीले रौतहटको कटहरिया बजारको तिनतर्फको बाटो लामोसमय देखी बिग्रिएको छ । भदौ आउन अगाडीनै कटहरिया बाट आउन जान ठुलो कठिनाई हुन थालेको छ ।
जिल्लाको चर्चित बजारको रुपमा रहेको कटहरिया बजारक्षेत्र,कटहरिया गरुडा,कटहरिया जमुनिया,गमहरियाघाट,तथा उतरतर्फ जंगलको बाटो समेत समयमा मर्मत हुन नसकेको कारण कठिनाई भएको हो । साह निर्माणसेवाका संचालक नागेन्द्र साह,पेटिठेकदार सुबोध यादव,कन्काई निर्माणसेवाका संचालक अरबिन्द जयसवाल र पेटिठेकदार अरबीन्द यादवले समयमा काम गर्न नसकेको कारण अहिले आउन जानमा ठुलो चुनौती भएको छ ।
कटहरिया देखी फतेपुर सम्म ठाँउ ठाँउमा पिच फुटेर ठुलो ठुलो खाल्टो बनेको छ । उक्त खाल्टोहरुमा पानी र हिलो जमेको कारण हाल मोटरसाईकल,जिप तथा साईकल समेत आउनमा कठिनाई भईरहेको एकजना सुनचाँदी ब्यवसायी जयमंगल साहले बताए ।
त्यसैगरी कटहरिया बजारमा पनी ठाँउ ठाँउमा खाल्डोभएर हिलो जमेको कारण पैदल समेत आउन जानमा समस्या भएको छ । ठेकदार नागेन्द्र साह र पेटी ठेकदार सुबोध यादवले एकबर्ष अघि सुुरुगरेको काम हालसम्म पुरा नभएकाले कटहरिया बहादुरपुर तथा बिर्ति हँथियाही हुँदै जमुनिया जाने बाटो बिग्रोको छ ।
उता लालबकैया नदी गमहरिया घाटमा वारी पारी दुबैतर्फ ठेकदारले कछुवा गतीमा काम गरीरहेकाले काम अधुरो रहेको छ भने दुबैतर्फ हिलो जमेर यातायात अवरुद्ध जस्तै भएको छ ।