राजपुर नपा स्थित लालबकैया नदीमा पौडीखेल्ने क्रममा एक जना बेपता


रौतहट १४ असार ।

रौतहट । स्थानिय राजपुर नगरपालिका स्थित लालबकैया नदीमा पौंडीखेल्न गएका १ जना युवक बेपता भएका छन ।
नदीमा पौडीखेल्न गएका राजपुर ८ का शेख कलिमको छोरा २५ बर्षिय शेख फिरोज अपरान्ह ३ बजे बेपता भएको प्रहरीले जनाएको छ ।
प्रहर टोली र स्थानियको सहयोगमा बेपता युवकको खोजी भईरहेको उद्धारमा संलग्न ईलाका प्रहरी कार्यालय राजपुरका प्रमुख प्रहरी नायव निरिक्षक दिपक गुप्ताले बताएका छन ।
शेख फिरोज संगै नदीमा बेपता भएका सोही ठाँउका ३० बर्षिय हजारी मिँयालाई घटनास्थल बाट ३ सय मिटर पर जिवितै उद्धार गरीएको प्रहरी नायव निरिक्षक गुप्ताले बताएका छन ।
गएराती १२ बजेदेखी लगातार परीरहेको बर्षाको कारण आज बिहानै देखी लालबकैया नदी,
बागमती नदी,चाँदी खोला,लगायत साना साना खोलामा पनी पानीको स्तर उच्च भएको तथा बाढी आएको छ ।