कोरोना संक्रमण समुदायमा गईसपछि दुइ पालिकामा पुर्ण लकडाउन अथवा सिल

रौतहट । आषाढ १४ गते
कोरोना संक्रमण बाट जोगाउन स्थानिय प्रशासनले रौतहटको दुई नगरपालिका सिल गरेको छ । जिल्लाको बौधीमाई नगरपालिका र ईशनाथ नगरपालिकामा अर्को आदेश नहुन्जेल दुबै नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले लकडाउन अथवा सिल गरेको छ ।
कोरोना भाईरसको संक्रमण समुदायमा गईसकेको देखिएकाले उक्त नपा बाट अर्को मानिस अथवा समुदायमा संक्रमणको जोखिम न्युनीकरण गर्न दुबै नगरपालिकामा सिल गरीएको सिडिओ बाशुदेव घिमिरेले बताएका छन ।
आईतवारको सुरक्षा समितिको निर्णय अनुसार दुबै नगरपालिकाका नागरिकलाई बाहिर जान अथवा बाहिरका मानिसलाई उक्त नगरपालिकामा प्रवेस निशेध गरीएको छ ।
त्यसैगरी बौधीमाई नगरपालिकाका केही कर्मचारीमा समेत संक्रमण देखिएकाले नगरपालिकाको अत्यावश्यक आन्तरिक काम बाहेक नगरपालिकाको सम्पुर्ण सेवा अर्को आदेश नहुन्जेल बन्द गरीएको छ ।
बौधीमाई नपा वडा ७ र ८ का वडा अध्यक्षका साथै केही सदस्य तथा कर्मचारीगरी १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रौतहटमा दिन प्रतिदिन बढदै गएको छ । रौतहटमा संक्रमितको संख्या १२ सय नजिक पुगेको छ । आईतवार थप १७ जनामा कोरोना संक्रमणको पुष्टी संगै जिल्लामा संक्रमितको संख्या ११ सय ८९ पुगेको जिल्ला स्वास्थ कार्यालयका प्रमुख महेस साहले जानकारी दिएका छन ।
रौतहटमा कुल ७ सय ७१ जना कोरोना जितेर घर फकिैसकेका छन ।