फतुआ विजयपुर टेंग्राहामा दलित जेष्ठ नागरिक लाइ कमै दिइयो बृद्ध भता


आरके श्रीवास्तव । रौतहट । आषाढ १८ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा ४ मा सामाजिक सुरक्षाभता बितरण र बालपोषण भता बितरणमा अनियमितता भई रहेको छ ।
नगरपालिकाको कर्मचारीको लापराहीले वडामा अधिकांस बालबालिका बालपोषण भता पाउन बाट बञ्चित भएका छन भने मनपरी तरिकाले सामाजिक सुरक्षाभता बितरण भईरहेको छ ।
दलित जेष्ठ नागरिकले एक चौमासिकमा मासिक ३ हजारको दरले एकमुष्ट १२ हजार रुपैया पाउनुपर्नेमा केही जानेका टाठा बाठालाई १२ हजार दिएको र अधिकांसलाई मात्र ८ हजार दिएको स्थानिय श्रवण पासवानले बताएका छन ।
त्यसैगरी वडा सचिव उमेस साह लामोसमय सम्म वडा कार्यालयमा नगएकाले अधिकांस बालबालिकाले बालपोषण भता पाउन बाट बञ्चित भएको समाजसेवी पाश्वानले गुनासो गरेका छन ।
वडा अध्यक्ष ब्रह्मनारायण यादव संग सामाजिक सुरक्षाभता र बालपोषण भता बारे सोध्दा फतुवा बिजयपुर नगरपालिकाका पंजिकरण साखाका कर्मचारी अमीन्द्र चौधरीको बदमासीले त्यस्तो कमजोरी भएको स्विकार गर्दै कार्वाहीको लागी आफु पहल गरीरहेको प्रतिकृया दिएका छन ।